coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

डा. केसीको जीवन रक्षाको माग गर्दै खलंगामा सयुक्त संघर्ष समितीले निकालेको जुलुस । तस्विर : नागरिक

जुम्ला - संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

डा. केसीले उठाएका माग सर्वसाधरण नागरिकको स्वास्थ्यमुखी भएको भन्दै समितिले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश गरेको हो। समितिले  माग संवोधनका लागि सरकार उदासिन भएकोे देख्दा अचम्म लागेको बताउदै डा केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको हो। 

'अहिले अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर छ,जुनसुकै वेला डा. केसीको स्वास्थ्यमा जटिल समस्या आउन सक्छ,' ज्ञापन पत्रमा भनिएको छ,' माग संवोधनका लागि सरकारले वार्ता टोलि गठन गरेर जीवन रक्षा गर्न तर्फ ध्यान केन्द्रित गर्नु पर्ने माग गर्दछौ।'

कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु गर्नु पर्ने, चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नु पर्ने र स्वास्थ्य सेवा प्रभावकारी र नागरिकमैत्री हुनु पर्ने माग सहित जुम्लामा अनशन थलो बनाएर वसेका डा. केसी पक्षमा आन्दोलनको आधीवेहरी सिर्जना गर्ने वातावरण नवनाउन विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र वुझाउदै सयुक्त संघर्ष समितिका संयोजक राजवहादुर महतले डा. केसीको जीवन रक्षा पहिलो सर्त भएको वताए । उनले भने, ‘राज्यले डा. केसीलाई मार्न लागेको जस्तो देखिएको छ, यो नेपाली जनताकालागि सह्य हुने छैन, हाम्रो पहिलो माग डा. केसीको जीवन रक्षा र दोश्रो माग भनेको वार्ता टोलि वनाएर माग प्रतिको दफावार छलफल नै हो ।’ डा. केसी जुम्लामै मर्ने अवस्था आए, त्यसवाट हुने क्षतिपुर्तिको जिम्मेवारी राज्यले लिनु पर्ने चेतावनी नागरिक समाजले दिएको छ। 

सयुक्त संघर्ष समितिले सोमवार पनि सदरमुकाम खलंगामा जुलुस निकालेर डा. केसीको जीवन रक्षाको माग गरेको छ । 
उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य अवस्था विग्रदै गईरहेको छ । शरीरमा म्याग्नेसियमको मात्रा कमजोर हुदै गएको र घाँटीमा संक्रमण देखिएको छ । मेडिकल डाईरेक्टर डा. पुजन रोकायले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएको वताए । डा. केसीले सरकारले आफ्नो माग प्रति चासो नदेखाएको भन्दै रगत जाच गर्न दिएका छैनन भने औषधी लिन पनि मानेका छैनन। 

प्रकाशित: ३२ असार २०७५ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App