१५ चैत्र २०८० बिहीबार
राजनीति

राप्रपाको २० विभागका प्रमुख मनोनीत

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २० वटा विभाग तथा समितिको प्रमुख मनोनीत गरेका हुन्। 

पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार सूचना तथा प्रविधि विभागमा प्रमुखको जिम्मेवारी अध्यक्ष थापा आफैलै लिएका छन्। राजनीतिक विभाग प्रमुखमा बुद्धिमान तामाङ, अनुशासन समितिमा राजीव पराजुली, स्थानीय निकाय परिचालन विभागमा टंक ढकाल र पर्यटन विभागमा दिलविकास राजभण्डारीलाई मनोनीत गरिएको छ।

संगठन विभागमा राजेन्द्र लिङ्देन, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भाष्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठलाई प्रमुखमा मनोनीत गरिएको राप्रपाले जनाएको छ।

यसैगरी अनुसन्धान तथा योजना विभागमा डा. विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवर्द्धन विभागमा पुष्कर ढुङ्गेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपाङ्ग हित प्रवर्द्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला, साहित्य तथा संस्कृति विभागमा बेटी बज्राचार्यलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रकाशित: २८ असार २०७५ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App