coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले एकअर्कामाथिको आरोप प्रत्यारोप छाडेर संगठन सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरेका छन्। सोमबार बिहान राजधानीमा पार्टीका पुराना नेता तथा कार्यकर्तासँगको अन्तत्र्रिmया सहभागी शीर्ष नेताहरूले पार्टीभित्र अहिले विवाद नभएर एकता आवश्यक रहेको औंल्याएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासनहीनता मौलाएको आरोप लगाउँदै एकताबद्ध भएर संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरे । निर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग गर्ने भन्दा असहयोग गर्ने परम्परा हावी हुँदै गएको गुनासो गर्दै देउवाले निर्वाचनमा पार्टी पराजयको मुख्य कारण नै अन्तर्घात भएको सुनाए। आफ्नै साथीलाई दुश्मन देख्ने प्रवृत्ति त्याग्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे।

नेता रामचन्द्र पौडेलले पार्टीमा निस्पक्ष न्याय र मूल्यांकनको व्यवथा गर्नुपर्नेमा जोड दिए। केपी ओली नेतृत्व सरकार सामाजिक फासीवादतर्फ उन्मुख रहेको आरोप लगाउँदै पौडेलले मुलुक र लोकतन्त्रलाई जोगाउन कांग्रेस बलियो हुनुपर्ने औल्याए।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले गुट उपगुटमा विभाजित कांग्रेसले वर्तमान चुनौतीको सामना गर्न नसक्ने जिकिर गर्दै नेतृत्वलाई आफ्नो कार्यशैली परिर्वतन गर्न आग्रह गरेका छन्। जनताले बोध गर्नेगरी पार्टी एकता गरेर अघि बढ्न सुझाउँदै नेताहरूले भने,‘पार्टीलाई बलियो बनाउन सबैले विधि–विधान अनुसार चल्नुपर्छ।’

भ्रातृ संगठन सडकमा
कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू सरकारको पछिल्लो कार्यशैलीविरुद्ध सडकमा ओर्लिएका छन्। गुटउपगुटमा विभाजित नेपाल विद्यार्थी संघका साथै नेपाल तरुण दलले ओली नेतृत्व सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्।

संघले सरकारी कार्यशैलीको बिरोध गर्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका थिए। उनीहरुले डाक्टर गोविन्द केसीको माग तत्काल सम्बोन गर्न आग्रह गर्दै तत्कालीन शेरबहादुर देउवा नेतृत्व सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गर्न उनीहरूले माग गरेका छन्।

प्रकाशित: २६ असार २०७५ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App