८ वैशाख २०८१ शनिबार
राजनीति

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं- चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

उनले डा. गोविन्द केसीले लोकतान्त्रिक बाटो अनुसार सत्याग्रह गरेको उनले बताए। 'तर त्यसलाई गृहमन्त्रीले अधिनायकवादी बाटो भन्नु भएको छ। तर यो लोकतान्त्रिक बाटो हो', उनले भने।

प्रधानमन्त्रीले सत्ताको आडमा अलोकतन्त्रिक बाटो रोजेको उनको भनाई छ। 'सत्ता उन्मादको बाटो नरोज्नुस् प्रधानमन्त्री ज्यू', उनले भने, 'तपाईले लामो संघर्ष गरेको मानिस हो।'

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट फिर्ता गरिएकोमा उनले आपत्ति प्रकट गरे। ज्ञानेन्द्र शाहको प्रतिगमको समयको जस्तै भएको उनले बताए। 'यसै सरकारका परराष्ट्रमन्त्री र मलाई विमानस्थलबाट राजाले फिर्ता पठाएका थिए', उनले भने, 'अहिले कुलप्रसाद कोइरालालाई फिर्ता पठाइएको छ।'

 

 

प्रकाशित: २५ असार २०७५ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App