८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदको प्रश्न : बालुवाटारलाई कारागार बनाउन लागिएको हो ?

काठमाडौं- नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै गौतमले उपकुलपति कोइराला माथि गरिएको व्यवहार संस्कृत र नेपाली भाषामा गरिएको प्रहार भएको पनि उनले बताए। प्रधानमन्त्री निवास बालुवाटारलाई कारगार बनाउन लागिएको हो भन्दै गौतमले प्रश्न गरे। 'यो घटनाले सम्पूर्ण प्राज्ञिक क्षेत्रलाई लज्जित बनाएको छ', उनले भने, 'किन बालुवाटारलाई कारागार बनाउन खोजिँदैछ ?'

क्यानडामा आयोजित संस्कृत सम्मवन्धि सम्मेलनमा जान लागेका कोइरालालाई असार २३ गते त्रिभुवन विमानस्थलबाट प्रधानमन्त्री कार्यालय ल्याइएको थियो।

उपकुलपति कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएकोले उनलाई रोक्न परेको शिक्षा मन्त्रालयले बताएको छ।

 

प्रकाशित: २५ असार २०७५ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App