१५ चैत्र २०८० बिहीबार
राजनीति

निषेधित क्षेत्र तोड्दै पौडेलले भने : माइतिघर जनताको चौतारी

काठमाडौं- सरकारले माइतिघर क्षेत्र लगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। जनताको विरोध गर्न पाउने नैसर्गिक अधिकार सरकारले कुन्ठित गरेकोले प्रदर्शनमा उत्रिन परेको उनीहरुले बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले माइतिघर जनताको चौतारी भएको बताए। 'सिंहदरवार नजिकै जनताले आवाज उठाउँदा सरकारले सुन्छ भन्ने जनतालाई छ', उनले भने, 'कुनाकाप्चामा विरोध गर्ने स्थान तोक्नु ज्ञानेन्द्र पथ भन्दा के फरक भयो ?'

माइतिघरमै प्रदर्शन गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले जनताको भावना बुझ्न नसकेको पौडेलको भनाई छ।

डा. गोविन्द केसीले सत्याग्रह गर्न पनि नपाउनु आपत्ति जनक भएको भन्दै उनले शान्तिपूर्णरुपमा विरोध गर्न नपाउने जनताको अधिकार सुरक्षित हुनु पर्ने माग गरे। पटक पटक डा. केसीका मागमा सम्झौता गरे पनि उल्लङघन गर्ने काम भएको भन्दै त्यसको विरोध गरे।

उनले गंगामायाको छोरा हत्या गर्नेलाई कारबाही गर्ने समेत माग गरे। एकजना अवला महिला माथि भएको अन्याय सहेर बस्न नसक्ने उनको भनाई छ।

 

प्रकाशित: २० असार २०७५ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App