coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारको शैली पञ्चायतीजस्तो : लेखक

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको गतिविधिहरु पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा÷महाराजाजस्तो भएको आरोप लगाएका छन्। 

‘सरकारका गतिविधिहरु कानूनमा होइन हुकुमी शैलीका आदेशमा चलेका छन्। गफ बढी दिने तर काम कम देखियो’, बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने।

सरकारका गतिविधिहरुका कारण लोकतान्त्रिक मूल्य र मान्यताहरु कमजोर बनेको जिकिर गर्दै लेखकले भने, ‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन, पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो, नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन, निषेधित क्षेत्र तोकिएका छन्, यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन।’

जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रति सरकार अनुदार बनेको उनको आरोप छ। ‘अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ, त्यो धेरै गलत छ’, लेखकले भने। केसीका मागहरु जायज रहेको उल्लेख गर्दै उनले माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनैपनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने बताए। ‘यो विद्येयक त केही सीमित मानिसहरुलाई मात्रै लाभ पुर्याउनेगरी आएको छ’, उनले भने।

अध्यादेशको भावना विपरित आउन लागेको विद्येयकप्रति आफूहरुको गम्भीर आपत्ति रहेको पनि उनले जनाए। त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहारपनि राम्रो नरहेको गुनासो पोखे। उनले भने, ‘गंगामायाको जीवन रक्षाको लागि सरकार गम्भीर बन्नुपर्छ।’

प्रकाशित: २० असार २०७५ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App