१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

फाइल तस्बिर

काठमाडौं- माइतिघर लगायतका क्षेत्रमा सरकारले विरोध प्रदर्शन गर्न नदिने गरेको निर्णय प्रति सांसदले आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका सांसद डा. बाबुराम भट्टराईले कार्यकारी निर्णय गरेर उपत्यकाका सार्वजनिक स्थलमा निषेधित क्षेत्र घोषणा गर्नु गतल भएको बताए। कुना काप्चामा विरोध प्रदर्शन गर्ने क्षेत्र बनाउनु लोकतन्त्र र समाजवादको मुल्यमान्यता विपरित रहेको उनको भनाई छ।

'हामीले सबै तह र तप्काका जनतालाई लोकतन्त्रको अभ्यास गर्न दिनु पर्छ', उनले भने','सरकार सत्ता र पार्टीको आलोचना गर्न पाइदैन भने त्यो लोकतन्त्र हुन सक्दैन।' विरोधि आवाजलाई रोक्न खोजेर कुन लोकतन्त्रलाई प्रतिनिधित्व गर्न खोजिएको हो भन्दै उनले प्रश्न गरे।

शिक्षा र स्वास्थ्य मुनाफारहित हुनपर्ने बताउँदै यस्ता विकृति विसंगतीलाई रोकिनु पर्ने उनले बताए। कम्युनिष्ट सरकारले रोक्नको सट्टा चिकित्शा शिक्षा विद्येयक ल्याउन खोजेर व्यापारिकरण र केही मुठ्ठिभरलाई प्रश्रय दिन खोजेको उनले आरोप लगाए। उनले जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरे।

कांग्रेस सांसद डिला संग्रौलाले चिकित्सा शिक्षा ऐनलाई तोडमोड गरिएको भन्दै आपत्ति जनाइन्। सरकारले मेडिकल माफियालाई प्रश्रय दिन खोजेको आरोप लगाइन्। उनले अनशनरत डा. केसीलाई धरपकड गरिएको भन्दै विरोध गरिन्।

प्रकाशित: २० असार २०७५ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App