८ वैशाख २०८१ शनिबार
राजनीति

‘हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’ (अडियोसहित)

सांसद प्रकाश रसाइली 'स्नेही'

काठमाडौ– अहिले वर्षातको मौसम छ । काठमाडौका कतिपय सडक जलमग्न छन् । यहि स्थितिलाई संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पानी जहाज चढेर संसद भवन आएको भन्दै व्यङ्ग गरे ।

रसाइलीले भने, ‘आज हामी नेपालीहरु सबैजसो सांसदहरु हरेक दिन पानीजहाज चढेर आउँछौ । त्यो पनि १५ रुपैयाँको पानीजहाजमा । आज गोकर्ण, जोरपाटी, त्रिपुरेश्वरको पानी जहाजमा चढेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँछौ।’
नेपालले पनि पानीजहाज किन्ने प्रधानमन्त्री केपी ओलीको केही समय अघिको भनाईप्रति सांसद रसाइलीले व्यङ्ग गरेका हुन् ।  

अर्को प्रसंगमा सांसद रसाइलीले भारतले नाकाबन्दी गरेको भन्ने प्रधानमन्त्री ओली र मधेसी जनताले नाकाबन्दी लगाएको भन्ने उपेन्द्र यादव एकै ठाउ रहेको भन्दै नाकाबन्दीबारे प्रष्ट पार्न माग गरे। सांसद रसीइलीले लिपुलेकका विषयमा पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताए।

प्रकाशित: १८ असार २०७५ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App