coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले भने ‘मलाई त्यही केटी चाहिन्छ जस्तो हठ नगरौ’

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको बताएका छन्।बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले जनताको सुरक्षा र अधिकारका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए।  

सरकारले माइतीघर मन्डला, भद्रकाली, बानेश्वर लगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भएको छ।

 बरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारी निर्णयलाई चुनौति दिंदै सोही ठाउँमा अनशन थाल्ने बताएका सन्दर्भमा गृहमन्त्रीको भनाई सार्वजनिक भएको हो।

माइतीघर लगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्ने आफ्नो मन्त्रालयको निर्णयको बचाउ गर्दै गृहमन्त्रीले भने, ‘त्यहाँ भिडभाड हुन्छ । दुर्घटना हुनसक्छ । धेरै चहलपहल हुने त्यस ठाउँलाई विदेशीको नजरमा समेत राम्रो देखाउन प्रदर्शन एवं अन्य आन्दोलनका कार्यक्रम गर्न निषेध गरिएको हो।’

विवेकशिल साझा लगायतका पार्टीले सरकारको निर्णयलाई अधिनायकवादी चरित्र भनेको सन्दर्भमा गृहमन्त्रीले भने, ‘अधिनायकवाद केलाई भन्ने?’ काठमाडौका विभिन्न ठाउँमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयको कार्यान्वयन साउन १ गतेबाट लागू हुँदैछ।

प्रकाशित: १४ असार २०७५ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App