coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रसंघका उप महासचिव जंगी अड्डामा

काठमाडौं– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ मुख्यालय शान्ति सेना विभागमा कार्यरत उप महासचिव जिन पेरर लक्रोक्सले जंगी अड्डा भ्रमण गरेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जंगी अड्डामा आयोजित सम्वाद कार्यक्रममा लक्रोक्स सहभागी भएका हुन्। 

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सह सचिव मणिप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए। नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी शरद गिरीले नेपाली सेनाले शान्ति स्थापनाको लागि पु¥याएको योगदान सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा बोल्दै राष्ट्रसंघका उपमहासचिव लक्रोक्सले विश्वमा शान्ति कायम राख्न आई पर्नसक्ने चुनौती र चुनौतीको लागि अवलम्बन गर्नुपर्ने कार्यहरु सम्बन्धमा आफ्नो धारणा राखेका थिए। यसबारे अन्तरक्रिया समेत भएको निर्देशनालयले जनाएको छ।

बलाधिकृत रथी पूर्णचन्द्र थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, रथीवृन्द, शान्ति सेना कार्यमा महत्वपूर्ण नियुक्तिमा खट्टिनु भएका पूर्व रथीवृन्दहरु, अधिकृत, त्रिभुवन विश्व विद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक तथा विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो।

लक्रोक्सले बुधबारै पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेका छन्। भ्रमणमा युएन हेडक्वाटर शान्ति सेना विभागका सैनिक सल्लाहकार जनरल कार्लाेस हम्बर्टाे लोइटी, प्रहरी सल्लाहकार लुइस कारिल्हो तथा राजनीतिक मामिला हेर्ने एलिस केलमन्नको समेत उपस्थिति रहेको थियो। उनीहरुलाई केन्द्रका केन्द्रपति महासेनानी नविन सिलवालले स्वागत गर्दै केन्द्रको परिचय, बहुर्राष्ट्रिय शान्ति स्थापनार्थ अभ्यास तथा मिशन पूर्व तैनाथी हुने तालिम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए। 

उक्त अवसरमा उनले विभिन्न मिसनमा जान छनौट भएका शान्ति सैनिकहरुद्वारा प्रस्तुत गरिएको अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गरेका थिए।

प्रकाशित: १३ असार २०७५ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App