१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

काँग्रेस प्रदेश सभा ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, मुख्य सचेतक सुरेन्द्र हमाल लगायतका नेताहरु पत्रकार सम्मेलनमा। तस्बिर : नागरिक

बुटवल- नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलले प्रमुख प्रतिपक्षको उपस्थिती बिनै सदन सञ्चालन गरेको भन्दै आपत्ती जनाएको छ। वुधबार दिउँसो प्रदेश सभाहल भित्र सदन चलीरहदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी  संसदीय व्यवस्थाको मुल्य र मान्यता बिपरित प्रतिपक्ष बिनै सदन चलाएको भन्दै आपत्ती जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलले प्रदेश सरकारको रबैया यस्तै रही रहे सदन र सडक आन्दोलन गर्ने चेतावनी दिए। पत्रकार सम्मेलनमा बोल्दै प्रतिपक्ष दलका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारले बहुमतको दम्भ सदनमा समेत देखाउन थालेको आरोप लगाए। मुख्य मन्त्रीले सुरुदेखिनै प्रतिपक्षलाइ पेलेर लैजान खोजेको भन्दै उनले समावेसी र समानुपातिक ढंगबाट बिनीयोजन बिधेयक नआएसम्म काँग्रेस सदनमा नजाने प्रष्टाए।

प्रदेश ५ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बजेट प्रति असहमती जनाउँदै आएको छ । बिनीयोजन बिधेयकमा पनि एकमुष्ट बजेटको पोको नफुकाइएको, मुख्य मन्त्री, मन्त्री र पहुँचवाला सभासदहरुको क्षेत्रमा धेरै बजेट पारीएको भन्दै काँग्रेसले आफ्ना मागहरुको सम्बोधन अर्थमन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्य मन्त्रीले गर्नुपर्ने बताउँदै आएका छन्। प्रतिपक्ष बिनै झण्डै दुइ घण्टा सचालन भएको आजको बैठकमा सत्ता पक्षका १८ जना सभासदले बोलेका थिए। आजको बोल्ने सत्ता पक्ष सभासदले बजेटको बचाउ गरे। बैठक लगत्तै सभामुख पूर्णबहादुर घर्ती र कानुन मन्त्रीको पहलमा भएको वार्ता पनि बिना निष्कर्ष सकिएको छ।

प्रकाशित: १३ असार २०७५ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App