१६ चैत्र २०८० शुक्रबार
राजनीति

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले न सांसदलाई न प्रदेशका संरचना न स्थानीय तह खुसी भएको टिप्पणी गरेका छन्।  विनियोजित बजेटको छलफलमा बोल्दै भट्टराईले विकासका मोडल र उत्पादन प्रणालीबारे एक पटक सोच्न पर्ने बताए।

'बजेटबारे सत्तारुढ दलकै सांसदले आलोचना गरेका छौं। यसो गर्दा प्रतिपक्षका सांसद खुसी नै हुनु भयो होला', उनले भने ' संविधानमा हामी समाजवादी लक्ष्यमा जाने भनेका छौं। तर हामीले सञ्चालन गर्ने विकास आयोजनाले ति लक्ष्यलाई छोयो कि छोएन हेर्न जरुरी छ।' हामीले बनाउने ६ लेनको बाटोले आमा मानिसलाई कति छुन्छ त्यो महत्वपूर्ण भएको उनको भनाई छ।

बजेट विनियोजनलाई समन्यायीकताको आधारमा गर्न जरुरी भएको उनको भनाई छ। अहिले रहेको विकासको मोडलले धनी र गरिबबीचको खाडललाई कम गर्न नसकेको भट्टराईको भनाई छ। उनले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई विशेष योजना बनाएर परिचालन गर्न जोड दिए।

प्रकाशित: ११ असार २०७५ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App