१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संसदको संयुक्त बैठक बस्दै

काठमाडौं – संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन मस्यौदा नियमावली पारित गरिने छ।

यसअघि गत ३ असारमा बसेको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा नियमावली पेश गरेका थिए। सो मस्यौदा अध्ययन गर्न सांसदहरुलाई आजसम्मको समय दिइएको थियो। यसैबीच, अहिले बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको हो।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहने छ। मन्त्रालयगत रूपमा जारी छलफलमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: ८ असार २०७५ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App