coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘मूल्य बृद्धि थोरै घटाउने होइन बढाएको पुरै फिर्ता हुनुपर्छ’

काठमाडौं – नेपाल विद्यार्थी संघले मूल्य बृद्धि विरुद्ध ७७ वटै जिल्लामा सडक बहस कार्यक्रम गरेको छ। आज आयोजित सडक बहस कार्यक्रम मार्फत नेविसंघले सरकारसँग मूल्य बृद्धि थोरै मात्र घटाउनु भन्दा बढाइएको पुरै महंगी तत्काल फिर्ता गर्न आग्रह गरेको छ।

प्रदेश– ३ को राजाधानी हेटौंडामा अायोजित बहसलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरले पुरानै मूल्य यथावत राख्न माग गरे। महंगी बढाउने काम तत्काल रोकी जनताको सेवामा लाग्न उनले सरकारसँग आग्रह गरे। उनले मूल्य बृद्धि पुरै फिर्ता नभएसम्म आन्दोलनलाई सशसक्त बनाइने बताए।

बहसलाई नेविसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेविसंघका नेता आनन्द रावत लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ६ असार २०७५ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App