coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नगरको योजनामा छाँया सरकारको अनुगमन

डोल्पा – आर्थिक वर्ष सकिनै लाग्दा कामै नगरी विकास योजनाको रकम त्रिपुरासुन्दरी नगरपालिकाले धमाधम भुत्तानी दिन थाले पछि काँग्रेस डोल्पाको छाँया सरकारले विकास योजनाहरू माथिको स्थलगत अनुगमन शुरु गरेको छ।

विकास योजना तथा संचालनको लागि ३३ प्रतिशत योजना पेश्की रकम लिएको एक वर्षसम्म पनि कामै नगरी असार लागि सकेपछि काम गरेको जस्तो कागजी योजना बनाएर नगरपालिकाबाट धमाधम भुत्तानीको लागि वडा सिफारिस सहित नगरपालिकामा उपभोक्ताहरुको भीड लाग्न थालेपछि काँग्रेस छाँया सरकारले विकास योजना माथिको स्थलगत अनुगमन शुरु गरेको हो।

काँग्रेस डोल्पाको छाँया सरकारका संयोजक मोतिप्रसाद उपाध्यायको संयोजकत्वमा जिल्ला तहका नेताहरू रहेको योजना अनुगमन कमाण्डर सहितको तीन ओटा अनुगमन टोली बनाएर त्रिपुरासुन्दरी नगरपालिकाका तीन क्षेत्रमा स्थलगत अनुगमनमा हिँडेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ७,८,९,१० र ११ मा नेका डोल्पाका पार्टी सचिव जयस उपाध्याय कमाण्डर रहेको पाँच जनाको समुह वार्ड ४,५ र ६ का योजना अनुगमनको लागि छाँया सरकारका संयोजक मोति प्रसाद उपाध्याय नेपाल किसान संघका केन्द्रिय सदस्य गौरी उपाध्याय र तरुण दल डोल्पाका अध्यक्ष तुलबहादुर बोहरा सहित तीन जनाको टोली वार्ड १ मा नेका महासमिति सदस्य देवीकृष्ण उपाध्यायको कमाण्डमा तीनजनाको टोली र वार्ड २ र ३ का योजनाहरुको लागि पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय र दिलबहादुर विष्ट सहितको तीन जनाको टोली स्थलगत योजना अनुगमन तथा निरीक्षणमा हिँडेको हो ।डोल्पाका दुई नगरपालिका र छ गाउँपालिका सहित ८ ओटा स्थानीय तहमा नेपाली काँग्रेसका जनप्रतिनिधि न्युन मात्रामा निर्वाचित भएकाले आठै ओटा स्थानीय तहहरूमा नेकपाको बहुमत छ।

योजना बाँडफाँड गर्दा प्रायजसो आफन्त कार्यकर्ताहरूको लागि गरिएको र प्रतिपक्ष दलको प्रतिनिधिहरूको सुनुवाई नभएपछि समानान्तर सरकारको रुपमा काँग्रेस डोल्पाले विकासको नाममा हुने आर्थिक अनियमितता रोक्न ०७५ वैशाखको दोश्रो साता छाँया सरकार गठन गरेको थियो।

छाँया सरकारले नगरपालिकाबाट प्रत्येक वार्डमा गएका योजना त्यसको लागि विनियोजित रकम, योजना सम्पन्न हुने स्थान,उपभोक्ताको नाम समेतको सिलिङ्ग सहित अनुगमनमा गर्ने भएको छ ।  अनियमितता र कार्यकर्ता रिजाउनको लागि दुरूप्रयोग गर्ने किसिमले उपलब्ध गराइएको बजेट माथि सिधै अख्तियार दुरुपयोग आयोगमा उजुरी गरिने छाँया सरकारका संयोजक मोतिप्रसाद उपाध्यायले बताए ।

 

 

प्रकाशित: ५ असार २०७५ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App