८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस जिल्ला सभापतिको भेला हेटौंडामा आजबाट

मकवानपुर – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला आजबाट हेटौंडामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने भेलाको पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे  उदघाटन गर्ने कार्यक्रम रहेको छ।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका कांग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भेलामा पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, संगठन निर्माण र समसामयिक राजनीतिक मुद्दामा छलफल केन्द्रीत हुने छ।  

यस्तै बुधबारबाट हुने बन्दसत्रमा जिल्ला सभापतिहरुले जिल्लाका गतिविधि पेस गर्नुका साथै समसामयीक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

प्रकाशित: ५ असार २०७५ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App