२३ असार २०७७ मंगलबार
राजनीति

डा देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।

उनले साेमबार साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पु-याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेका छन्। 

यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: ४ असार २०७५ २२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App