२९ श्रावण २०७७ बिहीबार
राजनीति

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

काठमाडौँ- एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो।

 

 

प्रकाशित: १ असार २०७५ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App