१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेसद्वारा प्रदेश ४ को संसद बैठक अवरुद्ध

पोखरा- प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर चारको संसद अवरुद्ध गरेको छ। प्रदेशको नामांकन र स्थायी राजधानीको विषय टुंगाएपछि मात्र अन्य विषयमा छलफल हुनुपर्ने भन्दै संसद अवरुद्ध गरेको हो।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आइतबारको प्रदेश सभा बैठकमा बोल्दै पहिले पेश भएका विधेयकहरु पहिल्यै टुंग्याउनु पर्ने बताए। यसो नगरिए संसदको गरीमा कायम हुन नसक्ने उनको भनाई थियो।

प्रदेश नामांकनको विषयलाई संसदमा प्रवेश नगराएसम्म संसद चल्न नदिने प्रतिपक्षले बताएका छन्। नामांकन समिति र स्थायी राजधानीबारे बनाइएको समितिले जेठ २१ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन पेश भए पनि नामबारे संसदमा छलफल भएको छैन।

प्रकाशित: २७ जेष्ठ २०७५ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App