३ आश्विन २०७७ शनिबार
राजनीति

नेपालको विविधतामाथि आँच आउने कुरा स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

विटाटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ को प्रदेश सभालाई सम्बोधन गर्दै नेपालको विविधतामाथि कसैले आँच आउने काम गरे स्वीकार्य नहुने बताए।

‘नेपाल विविधताले धनी देश हो, यो विविधतालाई बेलाबेलामा अनेक ढंगले भाड्न खोजिए पनि त्यसो गर्न कसैले सकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देश शान्ति प्रकृयामा अगाडि बढेकाले अब सबै मिलेर देश बनाउन तर्फ लाग्नु पर्छ।’

प्रधानमन्त्री ओलीले देशमा जनपक्षिय प्रणालीको स्थापना भइसकेकाले अब सरकार आर्थिक विकासमा अघि बढ्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा केन्द्रीत हुने बताए।

‘हाम्रो देश सानो छ र देशलाई विकास गर्न आवश्यक पर्ने जनशक्ति पनि ठिक्क छ’, उनले भने ‘राजनीतिक प्रणाली, त्यसअनुसारका संरचना र त्यस अनुसारको तयारी अगाडि बढाएका छौं। अब सबै जना देश निर्माणमा लाग्नु पर्छ।’

प्रधानमन्त्री ओलीले भने, ‘अब हामीले सुशासन दिँनै पर्छ। अहिले सरकार सेवा दिनका लागि आएको हो। विकास कसरी हुन्छ त्यसका लागि आएको हो। शुसासन कसरी कायम गर्न सकिन्छ, गलत काम कसरी रोक्न सकिन्छ त्यसका लागि आएको हो।’

सरकार देश विकासका लागि प्रतिवद्ध रहेको बताउँदै प्रधामन्त्री ओलीले देशलाई टाट पोर्ने काम नगर्ने बताए। उनले नेपालको अन्र्तराष्ट्रिय सम्वन्ध पनि पछिल्ला दिनमा निकै सुधार भएको बताए।

प्रकाशित: २६ जेष्ठ २०७५ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App