२६ असार २०७७ शुक्रबार
राजनीति

यो सरकार पुजारी जस्तो होइन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्ने बताएका छन्। मन्त्री तथा सचिबहरूलाई  सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिनु हुंँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए। ओलीले जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

“यो सरकार पुजारी जस्तो होइन। बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने। अनी भोली फेरी उही रित दोहोर्याउने” प्रधानमन्त्री ओलीले भने “देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ। विगतको निरन्तरता मात्र होइन।”

प्रधानमन्त्री ओलीले विकाशप्रति नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए। “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसकालागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस” ओलीले मन्त्री र सचिबहरूलाई निर्देशन दिंँदै भने, “असार २५ गते ती योजनाको विषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ।”

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ। जनताको अपेक्षा सरकारले सबै थोक गरिदियोस् भन्ने हुन्छ तर सरकारसँग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ। सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टी व्यक्त गर्नेहरूलाई कामबाट जवाफ दिनुपर्ने ओलीको बताए।

प्रकाशित: २५ जेष्ठ २०७५ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App