१६ चैत्र २०८० शुक्रबार
राजनीति

कार्यकारी राष्ट्रपति आवश्यक छैन : नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा बहुलवादमा आधारित संसदीय व्यावस्था नै उपयुक्त भएको बताएका छन्।

तनहुँको बन्दिपुरमा शुक्रबार सामुदायिक रेडियो प्रसारक संघ अकोरावको ४ नम्बर प्रदेशको प्रथम साधरण सभालाई सम्बोधन गर्दै नेता पौडलले सो भनाई व्यक्त गरेका हुन्।

 ‘नेपालले राजनीतिक व्यावस्थाको लागि लामो समय खर्चियो अझै राजनीतिक व्यावस्थामै अल्झीनु राम्रो हुदैन्,’ उनले भने, ‘पुष्पकमल दाहालले सार्वजनिक रुपमा कार्यकारी राष्ट्रपति व्यवस्था हुनुपर्ने भनाई व्यक्त गर्दै हिड्नुभएको छ, नेपालको लागि संसदीय व्यावस्था नै उपयुक्त छ।’ हामीले राजनीतिक व्यावस्थाको लागि भन्दै पछिल्लो ६ वर्ष समेत विताएर बहुलवादमा आधारित संघीय संविधान निर्माण गरेको र अव फेरी कार्यकारी राष्ट्रपति ल्याउछौँ भन्नु उपयुक्त नभएको पौडेलको जिकिर थियो।  

‘प्रचण्डले कार्यकारी राष्ट्रपति व्यवस्थाको कुरा गरेर राजीतिक व्यावस्थामात्रै परिवर्तन गर्न खोजेको संकेत देखिएको छ नेपालमा व्यावस्था मात्रै परिवतनले मात्रै दशको विकास हुदैन्,’ पौडेलले भने।

पछिल्लो समय युवा जनशक्ति विदेश पलायन बढ्दै गएको र देशमा हरेक सामान निर्यात गनुपर्दा व्यापार घाटा बढ्दै गएको पौडेलको भनाई थियो। ‘अव सञ्चार माध्यमले युवालाई स्वदेशमै बस्नको लागि सकरात्मक कुरा संप्रेषण गनुपर्छ,’ उनले भने । नेपालल व्याबस्था परिवर्तनको लागि लामो समय खचिएकोले अव देशलाइ आर्थिक संमृद्धिको दिशामा अगाडी वढाउनुपर्ने नेता पौडेलले बताए।

 

 

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App