५ वैशाख २०८१ बुधबार
राजनीति

बचत होइन लगानी गर्नुस् : पोखरेल

काठमाडौ–उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताएका छन्।

बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को विहिवार काठमाडौँमा उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गरे।

नेपालमा राजनीतिक मुद्दा किनारा लागेको बताउँदै पोखरेलले अबको मुद्दा आर्थिक क्षेत्रतर्फ केन्द्रीकृत हुनुपर्ने बताए। सहकारी संस्थालाई लगानी गर्न कुनै पुराना नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए संशोधन गर्न र लगानीको वातावरण बनाइदिन आफु तयार रहेको पोखरेलको भनाइ छ।

सहकारी ऐनले बचत सहकारी संस्थालाई खास खास क्षेत्रमा लगानी गर्न रोक लगाएको छ ।मुलुकमा ३४ हजार ५०० सहकारी संस्था रहेका छन्।रासस

प्रकाशित: २४ जेष्ठ २०७५ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App