coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाले पायो दल दर्ता प्रमाणपत्र

काठमाडौ - निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई विहिवार प्रदान गरेका हुन्।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले जनताबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए।

पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताका बारेमा सोधिएको प्रश्नमा नेता नेम्वाङले भने, “महाधिवेशनपछि कानूनी प्रक्रियाअनुसार ३३ प्रतिशत सहभागिता हुन्छ।”

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा दर्ता गर्ने निर्णय गरेको थियो।

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो।रासस

प्रकाशित: २४ जेष्ठ २०७५ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App