coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालले चीन भ्रमण पछि विश्वव्यापि रुपमा आफ्नो सम्वन्ध विस्तार गर्छ

काठमाडौं – प्रधानमन्त्रीको असार पहिलाे साता तिर हुने चीन भ्रमणले नेपालमा पर्यटन तथा लगानीका क्षेत्रमा आकर्षक बातावरण बनाउने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। उनले  प्रधानमन्त्रीकाे चीन भ्रमाण पछि नेपालले विश्वव्यापि रूपमा अाफ्नाे सम्वन्ध विस्तार गर्ने बताए।

आइतबार काठमाडौंमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुको टोलीसँग कुरा गर्दै परराष्ट्र मन्त्री ज्ञवालील राजनीतिक संक्रमणको अत्य भएसँगै सरकारको प्राथमिकतामा पनि परिवर्तन भएको बताए। उनले नेपाललाई २०२२ सम्म विकासोन्मुख मुलुक र २०३० सम्म मध्य आय देश बनाउने बर्तमान सरकारको लक्ष्य रहेको बताए। उनले यसका लागि छिमेकी मुलुक र अन्य व्यक्तिको पनि सहयोग आवश्यक रहेको बताए।

मन्त्री ज्ञवालीले देशले शान्ति प्रकृयाको बाटोमा ठुलो उपलब्धि हासिल गरेको बताए।  नेपालको संविधान प्रगतिशिल  रहेको बताउँदै उनले नेपालको संविधानले सबैका अधिकारको सुनिश्चितता गरेकाले उत्कृष्ठ रहेको बताए।

मन्त्री ज्ञवालीले भारतसँगको भएका पुराना सन्धि सम्झौतालाई उच्च प्राथमिकता दिँदै पछिल्लो समय भारतसँगको कुटनितिक सम्वन्ध सुधारको पक्षमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

ज्ञवालीले यस अघि आफुले चीन भ्रमणका क्रममा चीन सरकारसँग केही महत्वपूर्ण विषयमा समझौता गरेको बताए।  उनले भ्रमणक्रममा ट्रान्स हिमालय बहुआयामी पारवहन मार्गको लागि प्रस्ताव गरेको बताए। जसमा सडक मार्ग, रेलमार्ग, सिमा कनेक्टिभिटी र पेट्रोलियम पाइपलाइनका छलफल भएको बताए।

उनले ७५० मेगावाटको पश्चिम सेती जलयोजना बारे रहेका केही असमझदारीहरुलाई छिट्टै समाधान गरिने बताए। निर्माणका विषयमा भने चिनको असहभति रहेको बताए। उनले १२ सय मेगावटठको चाइनासँगको बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्न  अघिल्लो सरकारले हतार गरेको आरोप लगाए। रिपब्लिका दैनिकबाट

प्रकाशित: २१ जेष्ठ २०७५ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App