८ वैशाख २०८१ शनिबार
राजनीति

बदमास गर्ने निर्माण व्यवसायीको सूची तयार हुँदैछः गृहमन्त्री थापा

ताप्लेजुङ – गृहमन्त्री रामबहादुर थापा बादलले देश विकासको जिम्मेवारीबाट च्युत भएर बेईमान नागरिक नबन्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। उनले जिम्मेवारीबाट पन्छनुलाई अपराधको संज्ञा दिँदै यस्ता उपर सरकार कठोर बन्ने बताए। 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न शनिबार बिहान ताप्लेजुङ आइपुगेका गृहमन्त्री थापाले देश विकासमा ईमान्दार बन्नेलाई पुरस्कृत र बेईमान गर्नेलाई दण्ड दिएर विकासको गति बढाउने पक्षमा अहिलेको सरकार रहेको बताए। निर्माण व्यवसायीलाई देश विकासको प्रमुख साझेदार मानेर पूरै निर्माणको जिम्मेवारी दिएपनि जिम्मेवारीबाट भागेर मुलुकको विकासको गति रोक्ने कार्य गरे त्यो अपराध हुने गृहमन्त्री थापाको भनाई थियो। 

थापाले सरकार बद्मास गर्ने निर्माण व्यवसायीको सूची तयारीको अन्तिम चरणमा पुगेकोले जिम्मेवारीबाट भागेकाहरूलाई कारवाही भोग्न वा काममा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुभाव दिए। उनले ठगी, भ्रष्टाचारी र बेईमानी बिरुद्ध सरकार कठोर नीतिमा रहेको भन्दै अब उप्रान्त जनता ठग्ने मेलोबाट टाढै रहन चेतावनी दिए। जनप्रतिनिधि पनि विकासका सहजकर्ता भएकोले विकासको गति तीव्र बनाउने अभियानमा अग्रसर बन्नुपर्ने गृहमन्त्री थापाले बताए। 

ताप्लेजुङका दुई निर्वाचन क्षेत्र जोड्ने तमोर नदी माथि निर्माणधीन मोटरेबल पुल र पाथीभरा जाने राजमार्ग निर्माणको ठेक्का लिएको कन्काई ईन्टरनेस्नल बिल्र्डसको काम प्रति सन्तोषजनक रिर्पोटिङ नभएको भन्दै गृहमन्त्रील थापाले कामलाई गति नदिएर नेताका पछि दर्गुने ठेकेदारलाई संरक्षण होईन, काारवाही गरिछाड्ने प्रतिबद्धता जनाए। कार्यक्रममा संघीय संसदका सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङमा निमार्णधीन विकासका योजनामा देखिएको सुस्सता बारे गृहमन्त्री थापाको ध्यानाकर्षण गरेका थिए। जवाफमा थापाले सरकारको धैर्यताको बाँध टुटी सकेको भन्दै अब एक्सनमा जाने बताए। 

प्रकाशित: १९ जेष्ठ २०७५ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App