१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

काठमाडौं – नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र साम टेरेन्स कण्डोरले हस्ताक्षर गरे।

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले बहुपक्षीय मञ्चमा साझेदारीका साथै पर्यटन, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप व्यवस्थाका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।

सेन्ट किट्स् एण्ड नेभिसका नामले समेत परिचित उक्त मुलुक र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश दिइएको पनि उक्त नियोगले जनाएको छ।   (रासस)

प्रकाशित: १७ जेष्ठ २०७५ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App