८ वैशाख २०८१ शनिबार
राजनीति

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्। नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन्। ओलीले सरकारले बालबालिका, यूवा तथा विद्यार्थीहरूको हितमा काम गर्ने बताए। २०२४/०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै ओलीले भने “स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ। अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ।”

प्रधानमन्त्री ओलीले देशलाई केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताएका छन्। “नेपाललाई अब गरिब देश होइन केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं” प्रधानमन्त्री ओलीले भने।  नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे। जम्बोरीमा भाग लिन  नेपाल सहित भारत, भुटान, बंगलादेशबाट सहभागीहरू आएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७५ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App