coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिब इस्लामको भेट

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का महासचिब सहिदुल इस्लामले बिहीबार बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। 

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरूलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन्। 

ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताए। केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताए। 

प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए। “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ। विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ ” प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुपर्याे। “जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरू एकआपसमा जोडिन थप सहज हुनेछ। ”

प्रकाशित: १७ जेष्ठ २०७५ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App