coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनताका लागि वर्तमान सरकार अन्तिम आशा : ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

“जनताको लागि यो सरकार अन्तिम आशा हो। जनताको यो आशालाई तलमाथी पर्न दिइदैन” प्रधानमन्त्री ओलीले भने “हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ।” प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताएका छन्।

ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताए। “असाधरण क्षमता भएका साना नानीहरूलाई हामी फेल बनाएर उनीहरूको हृदयमा बन्चरो हानिरहेका छौं” प्रधानमन्त्री ओलीले भने “ति बच्चाहरू फेल होइन सरकार,शिक्षक,विद्यालय ,पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो।” बच्चाहरूको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरूलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताए। शिक्षकहरूलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरूलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरेका छन्। अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ।

“पढाउन नजान्ने शिक्षक राखेर हुदैन” प्रधानमन्त्री ओलीले भने “सबै शिक्षकहरूले आफूले पढाउने विषयमा दक्षता हासिल गर्नुहोस्। विषयबस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?”

प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। “शिक्षालाई आधुनिक,प्रतिष्पर्धी,विकास र रोजगारसँग जोडिएको बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: १६ जेष्ठ २०७५ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App