८ वैशाख २०८१ शनिबार
राजनीति

ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

काठमाडौं– प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ। 

संघीय संसद्को मंगलबारको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिएका थिए। सांसद् थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गरे। 

‘सत्य निरुपणका बारेमा चालचलन ठिक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन्। यो गणतन्त्र हो, हिजो राजा होइबक्सन्थ्यो, राजालाई मन लागेको बेलामा तेरो चाल चलन ठिक, मेरो चालचलन गलत भन्न पाइन्थ्यो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठिक कसैको चालचलन बेठिक हुँदैन, यो त कानूनले व्याख्या गर्छ।’ 

थापाले सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झै अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको र यस्तो निर्णय फिर्ता लिनुपर्ने बताए। ‘सत्य निरुपणका बारेमा चालचलन ठिक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन्। यो गणतन्त्र हो, हिजो राजा होइबक्सन्थ्यो, राजालाई मन लागेको बेलामा तेरो चाल चलन ठिक, मेरो चालचलन गलत भन्न पाइन्थ्यो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठिक कसैको चालचलन बेठिक हुँदैन, यो त कानूनले व्याख्या गर्छ।’ 

तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद् ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी  मंगलबारै डिल्लीबजार कारागरबाट रिहा भएका थिए।

प्रकाशित: १५ जेष्ठ २०७५ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App