coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सय दिने उपलब्धि : मन्त्रालयमा प्रवक्ता नियुक्तिदेखि सिसिटिभि जडानसम्म

बुटवल - प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अभावकाबीच प्रदेश सरकारले सय दिनमा अभुतपुर्व उपलब्धि हाँसिल गरेको बताएका छन्। सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित सय दिने प्रगती विवरण र्सावजनिक कार्यक्रममा बोल्दै पोखरेलले सिमित साधन श्रोतकाबीच मन्त्रालय गठन र तीनको व्यवस्थापन सहित ऐन नियम बनाउने काम सफलता पुर्वक गरेको बताए।

सरकार गठन पछिका नियमित गतिविधि भित्रै पर्नेनीति तथा कार्यक्रम र बजेटलाइ ठूलो उपलब्धि भनेर अर्थ्याए। ‘संवैधानिक दायित्वका हिसाबले यो कम होला । तर  केही नभएको ठाँउमा यती गर्नु अभुतपुर्व हो’ मुख्यमन्त्री पोखरेलले भने। सरकारले शून्यबाट काम सुरु गरेकाले प्रादेशिक जग निर्माणमै बढी समय लागेको उनको भनाइ थियो। बजेट कार्यान्वयन नहुनुमा संघीय सरकारले प्रदेशलाइ सम्पुर्ण अधिकार दिन ढिलाइ गर्दाको परिणाम भएको उनको भनाई छ। मन्त्रालयगत संरचना तथा दक्ष जनशक्तिका लागि ६ महिना केन्द्र सरकारलाई पखर्ने र त्यसपछि पनि प्राप्त नभए महत्पुर्ण कार्यालय प्रदेश इकाइको रुपमा गठन गर्ने र दक्ष जनशक्ति कन्सल्टेन्सी मार्फत पुर्ति गरीने बताए । प्रदेशको सरकार अलमलमा नरहेको भन्दै उनले हाल विकासको अवधारणामा चलेको र आगामी बर्षदेखि योजनामा चल्ने बताए।

प्रदेशको नाम र राजधानीको टुंगो एकै पटक लगाउने पनि उनले बताए। सहमती जुटाउनु पर्ने पेचिलो विषयमा सरकारले हतार नगरेको भन्दै उनले स्थायी संरचना बनाउनु पर्ने भएकाले बजेट मार्फत केही कुराको संकेत गरीने बताए। ‘ढिलै भएपनि सहमतीबाटै टुङ्गयाउछौं तर संकेत आगामी बजेटमै पाउनु हुनेछ’ मुख्यमन्त्री पोखरेलले भने।

सरकारले मन्त्रालय गठन देखि मन्त्री, मन्त्रालय र कर्मचारीको आवास व्यवस्थापन सहित प्रदेश स्तरीय आयोग, समिति, उपसमिति गठन तथा तिनका अध्यक्ष सदस्य नियुक्तिलाइ महत्वपूर्ण उपलब्धि मानेको छ।

मन्त्रालयहरुका प्रवक्तादेखि मुख्यमन्त्रीको प्रेस सल्लाहकार नियुक्ति र मन्त्रालयहरुमा सिसिटिभि जडान र वेव साइट निर्माणलाइ सय दिने उपलब्धिमा राखेको छ।

संघीय सरकारले तयार गरेको सडक, खानेपानीको डिपिआरको लिष्ट संकलन संगै प्रदेशमा संचालित राष्ट्रिय गौरबका आयोजनाको कार्यप्रगती खोज्न सुरु गरीएको जनाएको छ।

सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार  मन्त्री बैजनाथ चौधरीले ४७ बुँदे उपलब्धी बिबरण र्सावजनिक गरेका हुन। जसमा २६ वटा बुँदामा नियमित क्रियाकलाप तथा नीतिगत योजनाहरु परेका छन्। गत फागुन ३ मा गठन भएको सरकारले सदनमा ८ वटा विधेयक पेश गर्नु र ४ वटा पारीत हुनुलाइ उपलब्धी मुलक भनेको छ । स्थिती पत्र, नीति तथा कार्यक्रम, बजेट,प्रदेश सञ्चित कोष स्थापना तथा संचालन, प्रदेश सुरक्षा समिति गठन गरीएको उल्लेख छ।

प्रगती बिबरणका १३ वटा बुँदामा कृषि, पर्यटन, औधोगिक तथा पुर्वाधार विकासकालागि सम्भाब्यता अध्ययन भइरहेको भनिएको छ। बैज्ञानिक बन व्यवस्थापन, शैक्षिक तथा पर्यटन प्रर्बद्धनकालागि बनस्पती, प्राणी,जडिबुटी,भौगर्भिक उद्यान तथा आइटि र्पाक निर्माणको सम्भाब्यता अध्ययन थालेको भनेपनि तीनको बस्तुगत स्थिती उल्लेख छैन।

कपिलबस्तुको जगदिशपुर ताललाई जैविक विविधता उद्यान बनाउन कार्ययोजना बनाएको छ। लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन, लुम्बिनी सर्किटमा मोनोरेल, होम स्टे तथा नयाँ औधोगिक क्षेत्र विस्तारकालागि सम्भाब्यता भइरहेको उल्लेख छ। स्वास्थ्य र बालअधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम र समाजिक विकास मन्त्रालयको ब्रोउसर तयार गरेका बिषयपनि सरकारका महत्पूर्ण उपलब्धिमा परेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App