coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा नेताले भने : नामबारे निर्वाचन आयोगले निर्णय गर्छ (भिडियो)

 

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित निर्वाचन आयोग पुगेका छन्।

जेठ ३ गते पार्टी दर्ताको लागि निर्वाचन आयोगमा उनीहरुले निवेदन दिएका थिए। आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि उनीहरुले नामको मुनी अन्डरलाईन लगाउँदै दर्ताको लागि आग्रह गरेका थिए।

सोमबार नेकपा नेता सुभाष नेम्वाङ, देव गुरुङ, मुक्ति प्रधान सहितका नेता निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका थिए। नामको विषयमा निर्वाचन आयोगमा विचाराधिन रहेको बताउँदै आयोग निर्णय मान्य हुने नेम्वाङले बताए। ‘नामको बारे सबैकुरा निर्वाचन आयोगमा विचाराधिन रहेको छ’, उनले भने, ‘निर्वाचन आयोगले एउटा निर्णय गर्छ।’ ऋषी कट्टेलले नामको विषयमा विरोध जनाउँदै आएका छन्। कट्टेलको नेतृत्वमा रहेको नेकपा निर्वाचन आयोगमा दर्ता रहेको छ। नियमावली बन्दै गरेकोले बुझाउन बाँकी रहेको देव गुरुङले बताए।

अधिवक्ता समेत रहेका नेकपा नेता मुक्ति प्रधानका अनुसार पार्टी एकता गर्ने निर्णय, केन्द्रिय समितिको नाम, सचिवालयको नाम, घोषणापत्र आयोगमा बुझाइएको छ।

एकता पछि ४ सय ४१ जनाको केन्द्रिय समिति बनाइएको छ। केन्द्रिय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता भने पुगेको छैन।

प्रकाशित: १४ जेष्ठ २०७५ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App