२० असार २०७७ शनिबार
राजनीति

सस्तो लोकप्रियता सरकारको पहिलो काम : काँग्रेस

काठमाडाैं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन्।

सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई अाइतबार सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिए। 

उनले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै काँग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए। 

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताए। उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राखे।

काँग्रेसका उपसभापति विमलेन्द्र निधिले २७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको बताए। उनले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको बताए। 

काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताए। रासस

प्रकाशित: १३ जेष्ठ २०७५ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App