coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रेल गुड्छ, पानीजहाज चल्छ : प्रधानमन्त्री

संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चल्ने र रेल गुड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वीजरल्न्ड, मंगोलीया जस्ता भुपरिवेष्ठित देश वाटर केन्टिभिटिमा जोडिएको बताउँदै यहाँ पनि पानीजहाज चल्ने बताए। उनले रेल र पानीजहाजको विषय मजाक नभएको प्रष्ट पारे।

‘नयाँ नौलो कुरा गर्दा पत्याउन ढिला गर्छन्’, प्रधानमन्त्रीले भने, ‘तर हेर्दा हेर्दै यो चल्ने छ गुड्ने छ।‘ उनले भने ,‘रेल गुड्छ पानी जहाज चल्छ।‘ नदिको बाटोबाट पानी जहाज र रेलबारे भएको तयारी सबैलाई जानकारी भएको उनले बताए।

अर्को प्रसंगमा आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने प्रष्ट पारे। यस्तो विषयलाई छलफलमा बसेर टुग्याउन छोडेर चर्चाको विषय बनाउन आवश्यक नभएको उनको भनाई छ। ‘हामीले समस्या देखाउने होइन समधान गर्ने हो’, उनले भने, ‘अहिलेको सरकार समस्या समाधान गर्न तत्पर छ।‘

नेपाल भारत सम्वन्धमा सुधार आएको बताउँदै उनले १९५० लगायतका सन्धि सम्झौताबारे समिक्षा गर्न बनाइएको प्रभुत्व समूह (इपीजी)को काम अन्तिम चरणमा रहेको बताए।

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App