७ वैशाख २०८१ शुक्रबार
राजनीति

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

रुकुम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

नगरपालिकामा कार्यरत इन्जिनियर चन्दले आफुलाई कार्यकक्षमा नै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध सम्बन्धि उजुरी दर्ता गरेका थिए। चन्दले दर्ता गराएको उजुरीका आधारमा वडा अध्यक्ष चदारालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढुङ्गानाले जानकारी दिए। आइतबार प्रहरीले पक्राउ गरी थप कानून अनुसार कारबाही गरिने उनको भनाई छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए। 

बिहीबार कार्यकक्षमा काम गरिरहेको अवस्थामा वडा अध्यक्ष चदाराले इन्जिनियर चन्दलाई कुटपिट गरेका थिए। त्यहाँ स्थापना भएको रेडियो नयाँ नेपालको सामाग्री खरिद गर्नको लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानीमा ढिला गरेको भन्दै कुटपिट गरेको बताएको छ। कुटपिट पश्चात शुक्रबार यहाँका कर्मचारीहरुले नगरपालिकाको कामकाज समेत ठप्प पारेका थिए।

यता नगर प्रमुखले एक विज्ञप्ती निकाल्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको छानबिन गरी पीडितलाई न्याय दिने बताएका छन्। स्थानीय तहको चुनावमा चदारा तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७५ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App