८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्व राजालाई गणतन्त्र दिवस मनाउने समितिमा बस्न भन्छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूलसमारोह समितिमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत समावेश गर्न आवश्यक रहेको भन्दै अर्को वर्षको दिवसका लागि आफूले पूर्व राजासँग समेत कुरा गर्ने बताएका छन्।

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजालाई विष्णुको अवतार भन्दै केहीले उचाल्ने काम गरेको भन्दै त्यस्ताको पछि नलाग्न पूर्व राजालाई सुझाव दिए।

उनले भने, “जन्मसिद्ध श्रेष्ठता, कूल, घराना र वंशका आधारमा चलेको राजतन्त्र अवैज्ञानिक र आधारहिन छ, यो पाखण्डी विचार मात्रै होइन, पाखण्ड प्रणाली नै हो।”

प्रधानमन्त्री ओलीले केही व्यक्तिले धर्म र राजतन्त्र जोडिएर पाखण्डी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुबाट सचेत हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तरमै मनाउनुपर्नेमा जोड दिए।

यो दिवसलाई सरकार र सरकारी कार्यक्रमको रुपमा नभइ जनताको कार्यक्रमको रुपमा हुनेगरी कार्यक्रमकोस्वरुप परिवर्तन गर्न उनले निर्देशन दिए।
मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगहरुमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ। राससको सहयोगमा

 

 

 

प्रकाशित: ४ जेष्ठ २०७५ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App