७ वैशाख २०८१ शुक्रबार
राजनीति

गगन गर्जिएः ‘तामझाम हेर्दा महालम्पसारवादी भन्न पाउने कि नपाउने?’

काठमाडौं– नेपाल काङ्ग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई महालम्पसारवादी भएको आरोप लगाएका छन्।
आज प्रतिनिधि सभाको विशेष समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण सन्दर्भमा बोल्दै थापाले ओली सरकारलाई लम्पसारवादी भएको आरोप लगाएका हुन् । 

नाकाबन्दी बारे भारतसँग कुरा गरेका पूर्व दुई प्रधानमन्त्रीलाई ओलीले कसैलाई सिंगडा बेच्न गएको, घुँडा टेक्न गएको भनेर टिप्पणी गरेको उल्लेख गर्दै थापाले भने, ‘ भारतीय प्रधानमन्त्रीका अवसरमा देखाइएको तामझाम हेर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने?’

थापाले  भने, 'हिजो रोष्ट्रममा उभिएर भारतको जिम्मा लिएर बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, हिजो घाउ भयो तपाईले भन्नुभएको हो, तपाईको घुँडामा भ्वाँग  पर्यो  कि परेन भनेर मैले सोध्न पाउने कि नपाउने?'

निर्वाचनका बेला भारतविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका ओलीको ध्वनी फेरिएको थापाले बताए ।  देशहित विपरित कुनै पनि काम गरेको छैन भनेर प्रधानमन्त्रीले स‌सदलाई जानकारी दिएकाे विषयमा गगनले प्रश्न गरे, ‘न सडकमा कसैले भनेको थियो, न संसदमा कसैले सोधेको थियो । यो हिनतावोध किन?’ गगनले अाफ्नाे सम्बोधनका क्रममा प्रश्नै प्रश्न तेर्‌स्याएका छन् ।

प्रदेश २ को मुख्य मन्त्रीलाई तालिम दिने कुरा गर्नेहरुले एउटा कुरा नविर्सनुस्, हाम्रो संविधानले परराष्ट्र नीतिको सन्दर्भमा प्रदेशको मुख्य मन्त्रीलाई चिन्दैन । परराष्ट्र मन्त्रीलाई चिन्छ । माननीय  परराष्ट्रमन्त्री सालिन हुनुहुन्छ । तर शालिन मात्र भएर हुँदैन । आफ्नो जिम्मेवारी पुरा गर्न परराष्ट्र मन्त्रीलाई नै तालिम दिनुपर्यो भनेर हामीले भन्ने कि नभन्ने?

गगन थापाले आज प्रतिनिधि सभामा गरेको सम्बोधनको पूर्णपाठ।

प्रकाशित: ३१ वैशाख २०७५ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App