८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा पार्टी

काठमाडौं– विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

‘आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएकै छ’, विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ।

यस्ता गतिविधीले सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको पनि विवेकशीलले उल्लेख गरेको छ।

‘केपी ओली नेतृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ’। विवेकशीलले भनेको छ- ‘अतः हामी समस्त लोकतन्त्र पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं।’ 

प्रकाशित: २९ वैशाख २०७५ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App