६ वैशाख २०८१ बिहीबार
राजनीति

हामी 'विभेदकारी संविधान' विरुद्ध संघर्षरत छौं : मुख्यमन्त्री राउत

जनकपुर- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले 'विभेदकारी संविधान' भएको भन्दै संघर्षमा रहेको बताएका छन्। बाह्रविघा मैदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न आयोजित कार्यक्रममा बोल्दै राउतले राज्यले मधेसलाई विभेद गरिरहेको आरोप लगाए। 'राज्यका कारण मधेसका नागरिक उत्पिडित शोषित छन्', उनले भने, 'विकासको मामिलामा मधेस पछि छ। हामी राज्यको अभिन्न अंग बन्न चाहन्छौं।'

प्रधानमन्त्री मोदी जनकपुर आएर प्रदेश सरकार र मधेसी समुदायको पहिचान संसार भर भएको उनको भनाई थियो।

मोदीको भ्रमणले दुई देशबीचको सम्वन्ध झन् सुदृढ भएको उनले बताए। नेपाल भारत सम्वन्ध रामायणकालिन समयदेखिको भन्दा झन् सुदृढ भएको उनले बताए। रामायणकालिन समयमा मात्र होइन अहिले पनि हजारौ नेपाली र भारतीयको विहे हुने गरेको उनले बताए।

दुई देशलाई राजनीतिक सीमाले मात्र विभाजन गरेको उनले बताए। जनकपुरलाई हवाई र रेलमागर्गले जोड्न आवश्यक भएको मोदीले बताए। धार्मिक पर्यटनको विकास गर्न आवश्यक भएको र रामायण सर्किटले यसको ढोका खोलेको राउतले बताए।

'हामी कृषि क्रान्तिबाट हरित क्रान्ति ल्याउन चाहन्छौं', राउतले भने, 'कृषि उत्पादन गरेर आर्थिक विकास गर्न चाहन्छौं।'

प्रकाशित: २८ वैशाख २०७५ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App