१५ चैत्र २०८० बिहीबार
राजनीति

सिफारिस ढिला हुँदा नाम र केन्द्र परिवर्तन भएन

काठमाडौं – तोकिएको समय भन्दा ढिला आवेदन दिएपछि नाम र केन्द्र परिवर्तन गर्न खोजेका स्थानीय तहले हाललाई नाम र केन्द्र परिवर्तन गर्न नपाउने भएका छन्।

विभिन्न ९ वटा स्थानीय तहले स्थानीय तहको नाम र केन्द्र परिवर्तनका लागि सरकारलाई सिफारिस गरे पनि तोकिएको समय सकिएको भन्दै सरकारले नाम र केन्द्र परिवर्तन गर्न अस्वीकार गरेको हो। मन्त्रालयका अनुसार स्थानीय तह गठन भएको ६ महिनाभन्दा बढी समय लगाएका कारण ती स्थानीय तहले नाम र केन्द्र परिवर्तन गर्न नपाएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार फाल्गुनन्द गाउँपालिका पाँचथर, रोङ गाउँपालिका इलाम, गौरीशंकर गाउँपालिका दोलखा, धार्चे गाउँपालिका गोरखा, भूमिकास्थान गाउँपालिका अर्घाखाँची, पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वीभाग, राजपुर गाउँपालिका दाङ, शान्तिनगर गाउँपालिका दाङ, भागेश्वर गाउँपालिका डडेल्धुराले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरि मन्त्रालयमा सिफारिस गरेका थिए। तर स्थानीय तह सन्चालन ऐनमा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्दा गाउँ÷नगरसभाको बहुमतबाट स्थानीय तह निर्वाचन भएको ६ महिनाभित्र पठाउने भन्ने व्यवस्था भएका कारण ति स्थानीय तहको केन्द्र र केन्द्र्र परिवर्तन भएको हो।

मन्त्रालयका अनुसार नाम र केन्द्र परिवर्तनका लागि स्थानीय तहबाट आएको सिफारिसमा राय लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएकोमा स्थानीय तहको निर्वाचन भएको ६ महिनाभन्दा बढी समय कटिसकेको भन्दै कानून मन्त्रालयले नाम र केन्द्र परिवर्तन गर्न नमिल्ने राय दिएको छ। मन्त्रालयका अनुसार नाम र केन्द्र परिवर्तनको माग गरेका ती स्थानीय तहमा २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। जसअनुसार ती निकायले नाम र केन्द्र परिवर्तनका लागि २०७४ पुस १३ गते भित्रै नाम र केन्द्र परिवर्तन गरिसक्नुपथ्र्याे। सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयले यी स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्न नमिल्ने भन्दै कानुनअनुसार पुन प्रक्रिया पु-याएर आउन भनेको छ।

प्रकाशित: २८ वैशाख २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App