१६ चैत्र २०८० शुक्रबार
राजनीति

महन्थ विरामी हुँदा राजपामा सुनसान

काठमाडाैं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्।

गत वैशाख ८ मा बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसम्म बस्न सकेको छैन भने पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन । भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानो ठिमीस्थित आफ्नो निवामसा स्वास्थ्य लाभ गरिरहेका छन् । उनले भेटघाट र छलफलका कार्यक्रम पूर्णरूपमा बन्द गरेका छन् । पार्टीका अन्य नेताहरूसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन् । ठाकुरका सहयोगीले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

गत चैत २२ मा पछिल्लोपटक राजपाको अध्यक्षमण्डलको बैठक बसेको थियो । सो बैठकले वैशाख ७ गते पार्टीले स्थापना दिवस मनाउने र त्यसको भोलिपल्ट वैशाख ८ मा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको थियो । राजनीतिक समितिको बैठकमा राजपाको आगामी महाधिवेशनबारे छलफल गरी मिति र स्थान तय गर्ने तयारी थियो।

स्थापना दिवस मनाउनुअघि गत चैत २७ मा ठाकुर स्वास्थ्य उपचार गराउन दिल्ली गए । वैशाख ७ सम्म दिल्लीमै बस्नुपर्ने भएपछि उनी स्थापना दिवस कार्यक्रममा पनि काठमाडांै आउन सकेनन् । त्यसको ४ दिनपछि गत वैशाख ११ गते उनी दिल्लीबाट काठमाडौं आएका थिए । काठमाडौं फर्केयता उनी एकपटक मात्र पार्टी कार्यालय बबरमहल पुगेका थिए । पार्टी कार्यालयमा उनी केहीबेर मात्र बसे । ठाकुर निकट स्रोतका अनुसार डाक्टरले उनलाई सकेसम्म कम बोल्न,सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य शरतसिहं भण्डारीले ठाकुर बिरामी भएका कारण पार्टीको बैठक बस्न नसकेको बताए । उनले भने, ‘बैठक बस्न नसक्नुमा अरु कुनै कारण छैन । अध्यक्ष मण्डलका संयोजक बिरामी भएको कारणले बैठक बस्न नसकेको हो ।

’ भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि राजपाको अध्यक्ष मण्डलको बैठक बस्ने सम्भावना रहेको उननले बताए । उनले भने, ‘पार्टीका केही नेता अहिले जनकपुरमा हुनुहुन्छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि बैठक बस्ने सम्भावना छ ।’ राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले भने महन्थ ठाकुर बिरामी भएको कारण पार्टीक कुनै पनि नरोकिएको बताए ।उनले भने, ‘उहाँ (ठाकुर) बिरामी भए पनि पार्टीका काम घरमै बसेर गरिरहनु भएको छ । पार्टीको काममा कुनै अवरोध आएको छैन ।’ ठाकुरको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको पनि उनले बताए । उनले भने, ‘अब अध्यक्षज्यू तन्दुररुस्त भइसक्नुभएको छ । पार्टीको बैठक अब केही दिनभित्र बस्ने सम्भावना छ। ’

ठाकुर बिरामी भएकै कारण राजपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । सोही कारण राजपा अहिले संसदीय दलको नेताविहीन भएको छ । राजपाले अहिलेसम्म संसदीय दलको विधान पनि बनाएको छैन । चैत २२ मा बसेको अध्यक्षमण्डल बैठकले राजपामा संसदीय दलको नेता चयन गर्न संसदीय दलको विधान बनाउने निर्णय गरेको थियो । बैठकले विधान बनाउन एउटा समिति पनि बनाएको थियो तर त्यसयता पार्टीको बैठक बस्न नसकेपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अब केही दिनमै पार्टीमा संसदीय दलको नेता चयन हुने बताए । उनले भने, ‘उहाँ(ठाकुर) बिरामी भएको कारण बैठक बस्न नसकेको हो । अब केही दिनमै बैठक बस्छ र संसदीय दलको नेता चयन हुन्छ ।’ गत वैशाख ७ मा राजपा गठन हुँदा राजपा अध्यक्षमण्डलका सदस्यले एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरूले गरेको प्रतिबद्धताअनुसार एक वर्ष पूरा भएको छ । तर अझै पनि महाधिवेशनबारे कुनै निणर्य भएको छैन।

स्रोतका अनुसार, वैशाख ८ मा बस्ने राजनीतिक समितिको बैठकमा पार्टीको पहिलो महाधिवेशनको लागि ६ महिना म्याद थप गर्ने निर्णय गर्ने तयारी गरिएको थियो । त्यसरी ६ महिना म्याद थप गरिएको भए राजपाको महाधिवेशन आगामी असोज÷कात्तिकमा हुने सम्भावना थियो र तर राजनीतिक समितिको बैठक बस्न ढिलो भएकोले असोज÷कात्तिकमा महाधिवेशनको सम्भावना पनि कम भएको स्रोतको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०७५ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App