५ वैशाख २०८१ बुधबार
राजनीति

पक्राउ परेका सबैको बयान सकियो, विहीबारदेखि बहस सुरू

विराटनगर– साँढे ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या  प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ। गत बिहीबारदेखि सुरू गरिएको बयान मंगलबार सकिएको हो। 

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुद्धा चलाइएका ६३ मध्ये ३० जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई जिल्ला अदालत मोरङमा बयान लिइएको थियो। सोमबारसम्म २७ जनाको बयान सकिएकोमा मंगलबार बा“की ३ जनाको पनि बयान सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए। जिल्ला अदालत मोरङमा मंगलबार बहालवाला प्रहरी उच्च अधिकारीहरू एसएसपी दिवेश लोहनी, डिएसपीहरू प्रजित केसी र संजय राउतस“ग बयान लिइएको थियो। 

घटनामा  टेकराजमल्ल ठकुरी, मोहन काफ्ले, मदनप्रसार घिमिरे, नरेन्द्र कार्की, लाक्पा शेर्पा, राजन कुमार, भुजुङ गुरुङ प्रत्यक्ष रुपमा संलग्न रहेको अभियोग लगाइएको छ। यस्तै घटनासँग जोडिएका राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, लालबहादुर मगर, बालकृष्ण संजेल, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ र दोराम खत्री रहेका छन्।

यस्तै कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, जवान विष्णुबहादुर खड्का, हवल्दार अमरबहादुर थापा मगर, एसपी विकासराज खनाललाई पनि घटनास“ग जोडेर मुद्धा चलाइएको थियो। घटनामा संलग्न रहेको आरोप लागेका निवर्तमान प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके चुणामणी उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्।

न तस्करीको घटनामा पक्राउ परेकाहरूको बयान सकिएकाले बिहीबारदेखि जिल्ला अदालत मोरङमा बहस सुरू हुने स्रेस्तेदार दुलालले जानकारी दिए। सुन तस्करी प्रकरणको मुद्धा जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माले हेरिरहेका छन्। 

प्रकाशित: २५ वैशाख २०७५ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App