२ आश्विन २०७७ शुक्रबार
राजनीति

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताए। 

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई शनिबार स्वागत गर्दै डा लोहनीले महिलाको नीति निर्माण तहमा प्रतिनिधित्व क्रमिक रुपमा बढ्दै गए पनि वित्तीय क्षेत्रमा पहुँच पुग्न नसकेकामा चिन्ता व्यक्त गरे। 

विभागको शुक्रबार सम्पन्न भेलाले प्रा डा सुष्मा आचार्यको अध्यक्षतामा ५१ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ। उक्त समितिका उपाध्यक्षमा कौशल्या थापा, रेशमा दास, चन्दा पाण्डे, सुशीला विष्ट र योगमाया तिमल्सेना, सचिवमा पदमा ताम्राकार, मीना केसी र शर्मिला नेपाली तथा कोषाध्यक्षमा सविना श्रेष्ठ एवं सल्लाहकारमा मृदुला लोहनी रहेको पार्टी केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए। 

प्रकाशित: २२ वैशाख २०७५ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App