८ वैशाख २०८१ शनिबार
राजनीति

के पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदैछन् ?

काठमाडौं– पाकिस्तानी सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार (आज)देखि नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरे पनि अधिकारीहरुले यो समाचारको खण्डन गरेका छन् ।  

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज नेपाल भ्रमण गर्ने कुनै कार्यतालिका छैन्।

अब्बासीको भ्रमणबारे प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयका उपप्रवक्ता रामबाबु ढकालले भने ‘पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण हाम्रो सूचनामा छैन।’ यसबारे नेपाल स्थित पाकिस्तानी राजदूतावासले अनविज्ञता प्रकट गरेको छ।

ट्वीटरमा पाकिस्तानी सरकारले विहीबार दिउँसो १ः४० मा लेखेको छ, ‘पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको दुई दिने भ्रमणका लागि आज जाँदैछन्, प्रधानमन्त्रीको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप विस्तार एवम् सशक्त हुनेछ।’

पाकिस्तानी प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन फागुन २१ मा नेपालको भ्रमण गरेका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते तोकिएको नेपाल भ्रमणको तयारी भइरहेका बेला पाकिस्तानी प्रमको भ्रमणको खबरले नयाँ तरंग सिर्जना भएको छ।

प्रकाशित: २० वैशाख २०७५ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App