coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्री नआएपछि प्रदेश ४ को बजेट स्थगित

पोखरा – प्रदेश नम्बर ४ को चालु आर्थिक वर्षको बजेट पेश कार्यक्रम स्थगित भएको छ ।

सात मन्त्रीमध्ये एकजना पनि  सदनमा उपस्थित नभएपछि आज गर्ने भनिएको बजेट पेश कार्यक्रम केही समयका लागि स्थगित भएको हो। 

 प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कुमार खड्काले नियमापत्ति जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले केही समयलाई सदन स्थगित गरेका हुन्। 

यसअघि सत्तापक्ष दल एमालेका सचेतक मायानाथ अधिकारीले प्रदेशसभा नियमावलीको  निमय २१२ बमोजिम नियम १३३ उपनियम ४ अनुसार नियम निलम्बलनको प्रस्ताव पेश गर्न लागेका थिए। नियम ६ अनुसार खड्काले नियमापत्ति जनाएका थिए। 

सरकारले चालु आर्थिक वर्षका लागि १ अर्ब दुई करोडको बजेट आज ल्याउँदै छ। आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट व्यक्तव्य पेश गर्नेछन्।

नियम ६ अनुसार सदन चल्नका लागि कम्तीमा एकजना मन्त्रीको उपस्थिति अनिवार्य छ। 

प्रकाशित: १९ वैशाख २०७५ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App