७ वैशाख २०८१ शुक्रबार
राजनीति

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ: पर्यटनमन्त्री

तस्बिर : रासस

रुपन्देही – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन्।

उनले शनिबार लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भने।

मन्त्री अधिकारीले भने, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ।” उनले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भने।

उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनाका साथै अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। मन्त्री अधिकारीले भने, ग्रेटर लुम्बिनीसँगै मनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०७५ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App