८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

कञ्चनपुर– नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ।

शैक्षिक विकृती र विसंगतीविरुद्ध जारी आन्दोलनअन्तर्गत मंगलबार जिशिअ थुन्नका लागि कार्यालय पुगेका क्रान्तिकारीका नेता कार्यकर्ताले उनी ११ बजेसम्म कार्यालय नआएपछि कार्यकक्षबाट कुर्सी निकालेर जलाएका हुन्। 

कुर्सी जलाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले संगठनका पूर्व जिल्ला इन्चार्ज सीके भट्ट र वर्तमान इन्चार्ज भीम भट्टलाई गिरफ्तार गरेको छ।

जिल्लाको शैक्षिक सुधारका लागि शैक्षिक सत्र सुरु हुनुअगावै खबरदारीसहित आन्दोलन घोषणा गरिँदा समेत जिशिअ र स्थानीय प्रमुखहरुले शैक्षिक माफियालाई संरक्षण गरेको क्रान्तिकारीको आरोप छ। 

प्रकाशित: ११ वैशाख २०७५ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App