१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचनको मात्र होइन समग्र कांग्रेसको समिक्षा हुनुपर्छ: प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको मात्र नभएर समग्र कांग्रेसको समिक्षा हुनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले २०१५ सालमा कांग्रेसले दुई तिहाइ ल्याउँदा ७ प्रतिशत मत ल्याएका कम्युनिष्टले अहिले कसरी ४८ प्रतिशतमा पुगे भन्दै प्रश्न गरे। '७ प्रतिशत बाट बढेर ४८ प्रतिशतमा कम्युनिष्टलाई पुर्याउने हामी कांग्रेस नै हौं', उनले भने, 'पार्टीलाई विचार र नीतिसँग नजोडि खाली सत्तासँग जोड्दा यस्तो भयो।' उनले यसको दोष कसले लिने भन्दै प्रश्न समेत गरे।

पार्टीमा कुमार भए दु:ख, गणेश भए पुरस्कृत भइने गतल प्रवृति छ। यसले हामीलाई कहाँ पुर्याउँछ ?

पौडेलले पार्टीको नीति, कार्यशैली, व्यवहार र विचारको समिक्षा जरुरी भएको बताए। कांग्रेसले उठाउँदै आएको लोकतन्त्र, राष्ट्रियता र समाजवादको परिभाषा के हो यसको पुनपरिभाषा गर्न जरुरी भएको उनको भनाई थियो।

पछिल्ला दिनमा पार्टी नेतृत्वले गरेका कामले पनि कांग्रेस पराजित हुन पुगेको उनको धारणा थियो। प्रधानन्यायाधीश माथिको महाअभियोग, आइजीपि प्रकरण जस्ता विषयले मध्यम वर्गिय मतदातालाई तर्साउको उनको भनाई थियो। स्थानीय निर्वाचनमा भरतपुर जस्तो केन्द्रमा माओवादीसँग एकता गर्दा देश भर नकारात्मक सञ्चार भएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरे। माओवादीसँग सहकार्य र सयोग गरे पनि त्यसलाई टिकाउन नसकेको ले घाटा लागेको उनको भनाई थियो। 'सभापतिले जोखिम मोल्नु भयो तर टुंगोमा पुग्नु भएन', उनले भने,'लोकतान्त्रिक गठवन्धन गर्नु भयो त्यसले कांग्रेसलाई फाइदा पुगेन अरुलाई मात्र भयो। अभझ केही नेतालाई मात्र फाइदा भो।'

'यी घटनाहरुमा म कहाँ जोडिन्छु। हामीले समयमै सभापतिलाई सचेत गराएका हौं,' उनले भने, 'काम तपाइले गर्ने दोष अरुले लिने भन्ने भन्न मिल्दैन।'

कांग्रेस भित्र नेतृत्व आसापासेले घेरिने, कार्यकर्तालाई दास सम्झने प्रवृति रहेको बताउँदै उनले समाजवादी पार्टी यसरी नचल्ने उनको भनाई थियो। पार्टीमा कुमार भए दु:ख, गणेश भए पुरस्कृत भइने गतल प्रवृति रहेको उनको भनाई छ।

पौडेलले अधिवेशनमा जानका लागि विधान संशोधन लागि समिति बनाउन र तत्काल महासमितिको बैठक बोलाएर पार्टीलाई सिघ्र महाधिवेशनमा लैजाने आग्रह गरे।  

प्रकाशित: ९ वैशाख २०७५ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App